Skip to main content

डा. नवराज केसीको ‘स्वस्पर्श’ लाई पहिलो पारिजात कृतिसम्मान प्रदान गरिने

६ साउन, काठमाडौं । पारिजात स्मृति केन्द्रले डा. नवराज केसीको ‘स्वस्पर्श’ निबन्धलाई ‘पारिजात कृतिसम्मान २०८२’ प्रदान गर्ने निर्णय गरेको छ। सम्मानका लागि गठित छनोट समितिले पहिलो चरणमा आठ कृतिहरूको छनोट गरेको थियो। छनोटमा आख्यान विधामा अर्चना थापाको ‘अग्निगर्भ’, केशवराज जवालीको ‘अज्ञात’, दीप दाहालको ‘विजयीनी’, श्रवण मुकारुङको ‘सलह’, र नवीन अभिलाषीको ‘दहाड’ रहेका थिए। निबन्ध विधामा डा. नवराज केसीको ‘स्वस्पर्श’ र भूपिनको ‘मध्यको उज्यालो’, तथा कविता विधामा रिमा केसीको ‘बगावतनामा’ समेत छनोटमा परेका थिए।

पहिलो चरणमा छनोट भएका कृतिहरूमध्ये गहन अध्ययन, मूल्याङ्कन र छलफलपछि छनोट समितिले ‘स्वस्पर्श’ लाई ‘पारिजात कृतिसम्मान २०८२’ का लागि सिफारिस गरेको थियो। समितिको सिफारिसको आधारमा केन्द्रले उक्त कृतिलाई सम्मान प्रदान गर्ने निर्णय गरेको हो। पारिजात स्मृति केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा आगामी साउन १० गते विशेष कार्यक्रममा सम्मान प्रदान गरिने जानकारी दिएका छन्। श्रेष्ठका अनुसार यो पुरस्कार यसै वर्षदेखि पारिजातको साहित्यिक योगदानलाई सम्मान गर्दै प्रदान गर्न थालिएको हो।