Skip to main content

नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग प्रतिस्पर्धा गर्ने

समाचार सारांस सम्पादन समीक्षापछि तयार। जापानमा आयोजना हुने एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। समूह ‘ए’ मा नेपालसँगै अफगानिस्तान र जापान रहेका छन्। प्रत्येक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने प्रावधान छ। ७ साउन, काठमाडौं।

जापानमा हुन लागेको एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेटतर्फ नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ। बिहीबार सम्पन्न ड्रबाट नेपालले खेल्ने प्रतिद्वन्द्वी टुङ्गो लागेको हो। समूह ‘ए’ मा नेपालसँगै अफगानिस्तान र जापान छन्। समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान परेका छन् भने भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान सोझै क्वाटरफाइनल खेल्ने छन्। प्रत्येक समूहबाट शीर्ष दुई टोली पनि क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।

नेपालले यसअघि सन् २०२२ मा चीनमा सम्पन्न एसियन गेम्समा क्वाटरफाइनलसम्मको यात्रा गरेको थियो। त्यो बेला नेपाल भारतसँग पराजित भएको थियो। यस पटक नेपालले सिंगापुरमा सम्पन्न एसियन गेम्स छनोटमा अपराजित रहँदै मुख्य प्रतिस्पर्धामा स्थान बनाएको थियो।