
भिडिओ लाइभस्ट्रीममा देखिएको गोली हानिएको क्षण प्रकाशित ३० मिनेटअघिअमेरिकाको सिएटलमा गत आइतवार आयोजना गरिएको एउटा खाना महोत्सवका क्रममा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन्। प्रहरीले उक्त गोलीकाण्डमा तीन जना संलग्न रहेको आशंका गरेको जनाएको छ।एक संदिग्धलाई घटनास्थलमै मरेको विश्वास गरिएको छ भने अर्को एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरीले तेस्रो व्यक्ति खोजी गरिरहेको छ।कार्यक्रमलाई लाइभस्ट्रीम गर्दै गरेको एक व्यक्तिले गोली चल्ने आवाज सुनेपछि के भयो? तलको भिडिओमा हेर्न सकिन्छ.






