Skip to main content

पाल्पामा मोटरसाइकल दुर्घटनाबाट चालकको मृत्यु

पाल्पाको पूर्वखोला गाउँपालिका-१ तामाखानीमा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय दिमस सारुको मृत्यु भएको छ। मंगलबार बिहान करिब साढे ११ बजे मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय पाल्पाले गरिरहेको छ।

१३ साउन, पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका क्षेत्रका एक स्थानीयले मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका छन्। मृतक व्यक्ति पूर्वखोला-१ सामुङगा बस्ने अन्दाजी २८ वर्षीय दिमस सारु हुन्।

मंगलबार बिहान साढे ११ बजे पूर्वखोला गाउँपालिका, १ तामाखानीस्थित भित्री सडक खण्डमा लुम्बिनी प्रदेश ०१ को ००५ प ४०४१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो। उक्त मोटरसाइकल सडकदेखि करिब २५ मिटर तल खसेको घटनास्थल पुगेको प्रहरी चौकी जब्गादीको टोलीले जनाएको छ।

पाल्पा प्रहरीले यस दुर्घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ।