
चितवन राइनोजले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि पाकिस्तानका पूर्वखेलाडी सोहेल तनविरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। शिक्षक दिवसको अवसरमा सार्वजनिक गरिएका तनविर यसअघि चितवन राइनोजबाट दुई संस्करणमा खेलाडीका रूपमा आबद्ध थिए। अन्तर्राष्ट्रिय क्रिकेट र फ्रेन्चाइज लिगको अनुभव बोकेको तनविरको नेतृत्वमा टोलीले आगामी सिजनमा उपाधि जित्ने लक्ष्य राखेको छ।
१३ साउन, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली चितवन राइनोजले तेस्रो संस्करणका लागि पाकिस्तानका पूर्वखेलाडी सोहेल तनविरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। चितवनले शिक्षक दिवसको अवसरमा तनविरलाई मुख्य प्रशिक्षकका रूपमा सार्वजनिक गरेको हो। तनविर यसअघि एनपीएलका पहिलो दुई संस्करणमा चितवन राइनोजबाट खेलाडीका रूपमा आबद्ध थिए। अब भने उनी टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन्।
पाकिस्तानका पूर्वराष्ट्रिय खेलाडी तनविरसँग अन्तर्राष्ट्रिय क्रिकेटसँगै विभिन्न फ्रेन्चाइज लिगमा खेलेको र प्रशिक्षणको अनुभव छ। चितवनले उनको नेतृत्वमा आगामी सिजनमा उपाधि जित्ने लक्ष्य राखेको जनाएको छ। तनविरले पहिलो संस्करणमा ८ खेलमा १४ विकेट लिएका थिए भने दोस्रो संस्करणमा ५ खेल खेल्दा ८ विकेट लिए।






