गृहमन्त्री सुधन गुरुङ मृतक गणेश यादवको घरमा अझै पुगेका छैनन्, परिवार दिउँसो २ बजेदेखि पर्खाइमा

१५ साउन, सिरहा । सिरहाको गोलबजारमा बिहीबार गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको घरमा रातिको सवा ९ बजेसम्म गृहमन्त्री सुधन गुरुङ पुगेका छैनन्। औरही गाउँपालिका–२, तुलसियाहीस्थित मृतक गणेशको घरमा गृहमन्त्री आउने भनिएपछि परिवारलाई दिउँसो २ बजे सूचना दिइएको थियो। त्यसयता मृतकका परिवार, आफन्त र छरछिमेकीहरू पर्खाइमा रहेका छन्। त्यस्तै, मृतकको घर नजिक दिउँसोदेखि नै सुरक्षाकर्मी तैनाथ गरिएको छ। गृहमन्त्री गुरुङ सिरहा आएको खबर दिउँसो सामाजिक सञ्जालमा आएको थियो। यद्यपि, उनी रातिसम्म पनि मृतकको घरमा पुगेका छैनन्। तस्वीर : सुरेश राय






