Skip to main content

नेपालको खेल इतिहासको प्रदर्शनी

२१ साउन, काठमाडौं । नेपाल आर्ट काउन्सिल बबरमहलमा खेलकुदसम्बन्धी फोटो प्रदर्शनी आयोजना गरिएको छ । नेपाल ओलम्पिक संग्रहालयले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा यो प्रदर्शनी प्रस्तुत गरेको हो । प्रदर्शनी साउन १९ गतेदेखि २१ गतेसम्म कार्तिकरीत गरिएको थियो । ‘बियोन्ड मेडल्स : प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री’ शीर्षकमा प्रस्तुत गरिएको यस प्रदर्शनीको उद्देश्य नेपालको खेलकुद इतिहासको संरक्षण र प्रवर्द्धन गर्नु रहेको बताइएको छ । प्रदर्शनीमा नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित तस्बिर, पदक, ट्रफी, खेल पोसाक, र स्मृति चिह्नहरू राखिएका थिए । यस प्रदर्शनीको आयोजना नेपालको एकमात्र खेलकुद संग्रहालयले गरेको हो, जुन दक्षिण एसियाकै पहिलो र एकमात्र ओलम्पिक संग्रहालय मानिन्छ । संस्थाले खेल तथा खेलाडीसँग सम्बन्धित तस्वीर, ट्रफी, पदक, जर्सीलगायत ऐतिहासिक सामग्रीहरूको अभिलेखीकरण, संरक्षण र प्रवर्द्धन गर्दै आइरहेको छ । यस प्रदर्शनीले नेपालको खेलकुद इतिहासलाई नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्‍यो । फोटो : विकास श्रेष्ठ