Skip to main content

पाकिस्तानका कारागारबाट रिहा भएका ३२५ जना अफगान कैदीहरू स्वदेश फर्किए

पाकिस्तानका विभिन्न कारागारबाट रिहा भएका ३२५ जना अफगान आप्रवासी नागरिकहरू स्वदेश फर्किएका छन्। शरणार्थी तथा स्वदेश फिर्ती मामिला मन्त्रालयका अनुसार ती नागरिकहरू तोरखम र स्पिन बोल्दाक सीमा नाका हुँदै अफगानिस्तान प्रवेश गरेका हुन्। स्वदेश फर्किनेहरूलाई उनीहरूको गृह क्षेत्रमा पठाउनुअघि विभिन्न संस्थाहरूले आधारभूत सहायता प्रदान गरेका छन्। २१ साउन, काबुल (रासस/सिन्ह्वा)।

पाकिस्तानका विभिन्न कारागारबाट रिहा भएका ३२५ जना अफगान आप्रवासी कैदीहरू अफगानिस्तान फर्किएका छन्। शरणार्थी तथा स्वदेश फिर्ती मामिला मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यम ‘टोलोन्युज’ले बिहीबार यस जानकारी सार्वजनिक गरेको हो। पाकिस्तानी हिरासतबाट मुक्त भएपछि ती नागरिकहरू तोरखम र स्पिन बोल्दाक सीमा नाका हुँदै स्वदेश प्रवेश गरेका छन् भनी मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ।

स्वदेश फर्कनेहरूमा विभिन्न कारणले फरक–फरक अवधिसम्म पाकिस्तानका कारागारमा रहेका परिवार, बालबालिका तथा एकल व्यक्तिहरू छन्। स्वदेश फर्किएकाहरुलाई उनीहरूको गृह क्षेत्रमा पठाउनुअघि आगमनको क्रममा विभिन्न साझेदार संस्थाहरूले अत्यावश्यक र आधारभूत सहयोग उपलब्ध गराएको जनाइएको छ।