Skip to main content

सविन र रोहित टप १६ ग्रान्ड मास्टर्स स्नूकरको फाइनलमा प्रवेश

सविन तामाङ र रोहित क्षेत्री प्रथम काठमाडौं खेलमण्डल नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्। सविन तामाङले सेमिफाइनलमा नेपालका नम्बर एक खेलाडी वाङचू तामाङलाई ५–४ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका छन्। अर्को सेमिफाइनल खेलमा रोहित क्षेत्रीले राजन गुरुङलाई ५–२ ले पराजित गर्दै शनिबार हुने फाइनलमा सविनसँगको भिडन्त पक्का गरेका छन्। २१ साउन, काठमाडौं।

सविन तामाङ र रोहित क्षेत्री प्रथम काठमाडौं खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्। नेपालका नम्बर एक खेलाडी वाङचू तामाङ भने सेमिफाइनलमा पराजित भएपछि फाइनल पुग्न असफल भएका छन्। काठमाडौं खेल मण्डल (एनआरटी) को आयोजनामा त्रिपुरेश्वरस्थित क्लबकै भवनमा भएको प्रतियोगिताअन्तर्गत बिहिबार भएको सेमिफाइनलमा बेस्ट अफ नाइन खेलमा सविन तामाङले वाङचूलाई निर्णायक सेट ५–४ ले हराएका थिए। सविनले शनिबार रोहित क्षेत्रीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

बिहिबारै भएको पहिलो सेमिफाइनलमा रोहितले राजन गुरुङलाई ५–२ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए। प्रतियोगिताको विजेतालाई एक लाख ११ हजार १११ रुपैयाँसहित च्याम्पियन ट्रफी तथा उपविजेतालाई ५१ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ। सेमिफाइनलमा पुगेका दुई खेलाडीलाई जनही २५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ। यसैगरी सेन्चुरी ब्रेक गर्नेलाई २५ हजार दामाशाही र ८० भन्दा बढी अंकको हाइएस्ट ब्रेक गर्नेलाई २० हजार रुपैयाँ दामाशाही र ट्रफी पुरस्कारस्वरूप दिइने आयोजकले जनाएको छ।