Skip to main content

संयुक्त अरब इमिरेट्सले इरानसँगको सबै व्यापार ठप्प गर्ने निर्णय

३ भदौ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को सूचना नआएसम्म स्थगित गर्ने घोषणा गरेको छ। विभिन्न समाचार एजेन्सीहरूको जानकारी अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा ठूलो खतराको सिर्जना गरेको भन्दै यस्तो कदम उठाएको हो।

यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको थियो। तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले यूएईको उक्त दाबी अस्वीकार गरेका थिए। यूएईका अनुसार तीमध्ये एउटा मिसाइल यूएईको क्षेत्रीय जलक्षेत्रभन्दा बाहिर खसेको थियो भने अर्को मिसाइल यूएईको जलक्षेत्रभित्र छिरेर ध्वस्त भएको थियो।

अमेरिका, इजरायल र इरानबीच युद्ध सुरु भएपछि यूएई इरानको आक्रमणबाट सबैभन्दा बढी प्रभावित हुने देशहरूमध्ये एक भएको छ।