Skip to main content

नेपाल पुलिस क्लबका फुटबल, भलिबल र क्रिकेट टोलीलाई एग्रो थाई फुड्सले खेल प्रायोजन गर्‍यो

समाचार सारांश नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालय र एग्रो थाई फुड्स प्रालिबीच नेपाल पुलिस क्लबका फुटबल, भलिबल र क्रिकेट टोलीको खेल प्रायोजनसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतासँगै एग्रो थाई फुड्सले तीनवटै टोलीलाई खेल सामग्री तथा अन्य आवश्यक सहयोगमार्फत प्रायोजन गर्नेछ। एग्रो थाई अन्तर्गत एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगो अंकित जर्सी पनि सार्वजनिक गरिएको छ। ६ भदौ, काठमाडौं। नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालय र एग्रो थाई फुड्स प्रालिबीच नेपाल पुलिस क्लबका फुटबल, भलिबल र क्रिकेट टोलीको खेल प्रायोजनसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतासँगै एग्रो थाई फुड्सले तीनवटै टोलीलाई खेल सामग्री तथा अन्य आवश्यक सहयोगमार्फत प्रायोजन गर्नेछ। एग्रो थाई अन्तर्गत एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगो अंकित जर्सी पनि सार्वजनिक गरिएको छ। यस सहकार्यले नेपाल पुलिस क्लबका खेलाडीहरूको तयारी र प्रदर्शनलाई थप मजबुत बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। सम्झौता कार्यक्रममा नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालय र एग्रो थाई फुड्सका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।