Skip to main content

सोमबहादुर कुमालले ८०० मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान राखे

सम्पादकीय समीक्षा पश्चात तयार गरिएको समाचार सारांश। भारतमा सम्पन्न वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुर (सिल्भर लेभल) २०२६ मा सोमबहादुर कुमालले पुरुष ८०० मिटर दौड १ मिनेट ४९.५५ सेकेन्डमा पूरा गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे। उनले सन् २०१८ को १८औं एसियाली खेलकुदमा बनाएको १ मिनेट ५०.२५ सेकेन्डको पुरानो कीर्तिमानलाई ०.७० सेकेन्डले सुधार गरे। ६ भदौ, काठमाडौं। नेपाली धावक सोमबहादुर कुमालले पुरुष ८०० मिटर दौडमा आफ्नै राष्ट्रिय कीर्तिमान मिचेका छन्। भारतमा सम्पन्न वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुर (सिल्भर लेभल) २०२६ अन्तर्गतको प्रतियोगितामा सोमबहादुरले १ मिनेट ४९.५५ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे। ८०० मिटरको राष्ट्रिय कीर्तिमान पनि पहिले उनका नाममै थियो। सन् २०१८ को १८औं एसियाली खेलकुदमा उनले १ मिनेट ५०.२५ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए। आठ वर्षपछि उनले आफ्नै कीर्तिमान ०.७० सेकेन्डले सुधार गरेका हुन्।