Skip to main content

कक्रोच जनता पार्टीका संयोजक दीपकेविरुद्ध प्रहरीमा जाहेरी, शिक्षकलाई धम्की दिएको आरोप

महाराष्ट्रको लातुरमा सरकारी विद्यालयको अवस्था सुधार गर्न अभियान चलाइरहेका कक्रोच जनता पार्टीका संयोजक अभिजित दीपकेविरुद्ध प्रहरीमा जाहेरी परेको छ। दीपकेले अनुमति नलिई विद्यालयमा प्रवेश गरी शैक्षिक तथा सरकारी काममा अवरोध पुर्‍याएको र शिक्षकलाई धम्की दिएको आरोपमा एफआईआर दर्ता गरिएको छ। जिल्ला परिषद् उर्दू विद्यालयकी शिक्षिका सैयद शमशादबानोको उजुरीका आधारमा भारतीय न्याय संहिता अन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ७ भदौ, काठमाडौं।

भारत महाराष्ट्रको लातुर जिल्ला स्थित सरकारी विद्यालयको अवस्था सुधार गर्न माग गर्दै अभियान सञ्चालन गरिरहेका कक्रोच जनता पार्टी (सीजेपी) का संयोजक अभिजित दीपके र उनका सहयोगीविरुद्ध प्रहरीमा जाहेरी परेको छ। दीपकेमाथि अनुमति नलिई सरकारी विद्यालयमा प्रवेश गरेको, शैक्षिक तथा सरकारी काममा अवरोध पुर्‍याएको र शिक्षकलाई धम्की दिएको आरोप लागेको छ। औसा प्रहरी थानामा जिल्ला परिषद् उर्दू विद्यालयकी शिक्षिका सैयद शमशादबानोले दिएको उजुरीका आधारमा दीपकेसहित उनका सहयोगीविरुद्ध एफआईआर दर्ता गरिएको छ।

दीपकेले पछिल्लो समय लातुर जिल्लाका विभिन्न सरकारी विद्यालयहरूको निरीक्षण गर्दै त्यहाँका समस्या सार्वजनिक गर्न ‘स्कूल ठीक गर’ अभियान सञ्चालन गर्दै आएका छन्। यसै क्रममा औसास्थित जावलीको जिल्ला परिषद् उर्दू विद्यालयको कक्षामा प्रवेश गरेका थिए। उनले केही विद्यार्थीलाई विद्यालयका पढाइ लगायतका विषयमा जिज्ञासा राखेका थिए। त्यसपछि एक शिक्षिकाले दीपके र उनका सहयोगीलाई अनुमति नलिई विद्यालय परिसरमा प्रवेश गरी विद्यार्थीहरूसँग विभिन्न प्रश्न सोधेपछि शैक्षिक गतिविधि र सरकारी काममा अवरोध गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।

दीपकेले उक्त घटनाको भिडियो समेत खिचेर पछि सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए भने उजुरीमा उनीमाथि विद्यालयलाई बदनाम गर्ने प्रयास गरेको आरोप पनि लगाइएको छ। उजुरीमा उल्लेख छ कि उनले आफ्नो निरीक्षणक्रममा अर्को विद्यालयका विद्यार्थीलाई ल्याएर कक्षामा राखाएको दाबी गरिएको छ। साथै, शिक्षकहरूलाई निलम्बन गराउने धम्की दिएको आरोपसमेत उनीमाथि लगाइएको छ। प्रहरीले भारतीय न्याय संहिता अन्तर्गत सरकारी कर्मचारीलाई कर्तव्य निर्वाहबाट रोक्न बल प्रयोग वा आक्रमण, अनधिकृत प्रवेश, आपराधिक धम्की तथा मानहानि सम्बन्धी विभिन्न धाराहरूमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ। घटनासँग सम्बन्धित भिडियो तथा अन्य प्रमाणहरू पनि जाँच भईरहेको प्रहरीले जनाएको छ।