
किंग्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ मा याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनल चरणमा प्रवेश गरेका छन्। पहिलो क्वार्टरफाइनलमा पाङोलिन ट्राभल्सले बाकयार्ड एलाई १७ रनको फरकले हरायो। पाङोलिनले ५ विकेट गुमाएर ९७ रन बनाए, जसमा रविले ३७ र सुमितले २८ रन जोडेका थिए। लक्ष्य पछ्याउँदै बाकयार्ड ए १० ओभरमा ५ विकेट गुमाएर ८० रनमै समेटियो।
दोस्रो क्वार्टरफाइनलमा याङ्री बोईजले द क्यानन क्लबलाई ३५ रनले पराजित गर्यो। याङ्रीले ५ विकेटमा ७२ रन बनाएको खेलमा कृशले ३९ रनको योगदान दिएका थिए। जवाफमा द क्यानन क्लबले ७ विकेट गुमाउँदै केवल ३७ रनमा अलआउट भयो। तेस्रो क्वार्टरफाइनलमा बाकयार्ड बिले मिक्समाण्डुलाई ३२ रनको अन्तरले पराजित गर्यो। बाकयार्डले ६ विकेटमा ८७ रन बनाएको खेलमा सक्षमले अविजित ६९ रन खेले।
चौथो क्वार्टरफाइनलमा रोयल स्पोर्ट्स पार्क ब्लुले टिम एन्टि बायोटिक्सलाई २६ रनको फरकले हराउँदै सेमिफाइनल प्रवेश सुनिश्चित गर्यो। रोयलले ६२ रन बनाएको अवस्थामा एन्टि बायोटिक्स ३७ रनमै अलआउट भयो। प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलहरू भदौ ८ गते सोमबार रोयल स्पोर्ट्स पार्कमा आयोजना गरिनेछन्।






