
चीनमा सम्पन्न ‘वर्ल्ड ह्युमेनोइड रोबोट गेम्स’मा एक मानव-समान रोबोटले युसेन बोल्टको १०० मिटर दौडको रेकर्ड पार्न सफल भएको छ। बेइजिङ इनोभेसन सेन्टर अफ ह्यामेनोइड रोबोटिक्सले निर्माण गरेको उक्त रोबोटले १०० मिटर दूरी ९.३९ सेकेन्डमा पूरा गर्यो। यसले ओलम्पिकमा आठ पटक स्वर्ण पदक जितेका बोल्टले २००९ मा राखेको ९.५८ सेकेन्डको रेकर्ड पछाडि पार्न सफल भएको हो।
यो रोबोटले प्रतिस्पर्धामा अन्य दुई रोबोटलाई पनि उछिन्दै जीत हात पारेको छ। पराजित रोबोटहरूमा चिनियाँ स्मार्टफोन निर्माता ‘अनर’ द्वारा निर्मित रोबोट पनि समावेश छ, जसले परीक्षणका क्रममा १०० मिटर दौड ९.३२ सेकेन्डमा सम्पन्न गरेको थियो। यस घटनाले रोबोटिक्स क्षेत्रमा नयाँ उपलब्धि र प्रतिस्पर्धाको स्तरलाई स्पष्ट गरेको छ।






