इरानमा पाकिस्तानी सेना प्रमुख आसिम मुनिरको भ्रमण, शीर्ष नेताहरूसँग महत्वपूर्ण छलफल

८ भदौ, काठमाडौं । पाकिस्तानी सेना प्रमुख आसिम मुनिर सोमबार इरानको राजधानी तेहरान पुगेको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभागका अनुसार मुनिर अमेरिका र इरानबीच जारी तनावबारे छलफल गर्न तेहरान आएका हुन्। पाकिस्तानी सेनाले मुनिरको यस यात्रालाई शान्ति तथा स्थिरता अभिवृद्धि गर्ने र विवादको शान्तिपूर्ण समाधानका लागि पाकिस्तानद्वारा गरिंदो प्रयासको रूपमा व्याख्या गरेको छ।
तेहरानमा मुनिरले इरानका शीर्ष नेताहरूसँग आवश्यक भेटवार्ता गर्ने योजना बनेको छ। यो पछिल्ला छ महिनाभित्र मुनिरको चौथो तेहरान भ्रमण हो। अमेरिका र इरानबीचको वर्तमान संघर्ष रोक्न पाकिस्तानले मध्यस्थता भूमिका निर्वाह गर्दै आएको छ। पाकिस्तानकै मध्यस्थतामा दुबै देशले इस्लामाबाद सम्झौता हस्ताक्षर पनि गरेका थिए। यद्यपि, स्टेट अफ होर्मुजलाई लिएर दुई देशबीच पुनः तनाव बढेको छ।






