Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

४७ वर्षपछि सिरिया अमेरिकाको आतंकवाद सूचीबाट हटाइयो

Advertisement800×200-1

९ भदौ, काठमाडौं। अमेरिकाले ४७ वर्षपछि सिरियालाई आतंकवाद बढावा दिने देशको सूचीबाट हटाएको छ। अमेरिकी प्रशासनले यस निर्णयको उद्देश्य सिरियामा विदेशी लगानी सहज बनाउनु र देशलाई पुनः विश्व अर्थव्यवस्थामा जोड्नु रहेको बताएको छ। सिरिया हटेपछि अब अमेरिकाको यो सूचीमा इरान, उत्तर कोरिया र क्युबा गरी तीन देश मात्र बाँकी रहेका छन्।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले यो निर्णयले सिरियालाई आर्थिक समृद्धितर्फ अघि बढ्ने बाटो दिने बताएका छन्। यस विषयमा पहिलो पटक गत वर्षको जुलाईमा प्रस्ताव राखिएको थियो। अमेरिकी अर्थ मन्त्री स्कट बेसन्टले पनि निर्णयको स्वागत गर्दै भने, ‘यो कदमले सिरियामा धेरै लगानी ल्याउन मद्दत गर्नेछ, जसले राजनीतिक र आर्थिक स्थिरता बलियो बनाउनेछ।’

हालै ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति अहमद अल-शरासँग पनि सम्पर्क बढाएको छ। अल-शरा पहिले एउटा उग्रवादी संगठनका नेता थिए र कुनै समय अमेरिकाले उनका विरुद्ध इनामको घोषणा गरेको थियो। उनी अल-कायदासँग जोडिएको संगठनको नेतृत्व गरिसकेका व्यक्ति हुन्। गत वर्ष अमेरिकाले अहमद अल-शराको नेतृत्वमा रहेको इस्लामिक संगठन तहरीर अल-शामलाई आफ्नो आतंकवादी संगठनको सूचीबाट हटाएको थियो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर