Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

पाकिस्तानको अस्पतालको प्रसूति वार्डमा आगलागी, कम्तीमा १४ नवजात शिशुको मृत्यु

Advertisement800×200-1

१० भदौ, काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक प्रमुख अस्पतालको प्रसूति वार्डमा आगलागी हुँदा कम्तीमा १४ जना नवजात शिशुको मृत्यु भएको छ। पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) को स्त्रीरोग वार्डमा एयर कन्डिसनिङ सिस्टममा आएको खराबीका कारण आगलागी भएको स्थानीय प्रसारक जियो टिभीले बुधबार जनाएका छन्।

उद्धार स्रोतका अनुसार, सङ्घीय राजधानीमा रहेको उक्त अस्पतालको नर्सरीभित्र एयर कन्डिसनरको कम्प्रेसर विस्फोट भएको थियो। अहिले आगो पूर्ण रूपमा निभा भइसकेको छ र टोलीहरूले घटनास्थल चिसो पार्ने कार्य गरिरहेका छन् भन्ने उद्धार अधिकारीहरूले उक्त सञ्चारमाध्यमलाई बताएका छन्। आगो नियन्त्रणमा लिन, बिरामीहरूलाई बाहिर निकाल्न र प्रभावित क्षेत्रलाई सुरक्षित गर्न आपत्कालीन उद्धार टोलीहरू तुरुन्तै अस्पताल पुगेका थिए। घटनामा अन्य धेरै बालबालिका घाइते भएका बताइए पनि अस्पताल प्रशासनले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।


Advertisementadv-800×200.png

सम्बन्धित खबर