
काठमाडौंका ४८ वर्षीय मुकेश कुमार, जसलाई मुकेश सिंहको नामले पनि चिनिन्छ, ब्राण्डेड चामलको प्याकिङमा कमसल चामल बिक्री गरेको आरोपमा पक्राउ परेका छन्। उनले कुलेश्वरस्थित न्यू प्रकाश खाद्य उद्योगमा लङ ग्रेन प्रिमियम स्पेशल राइसको बोरा प्रयोग गरी कमसल चामल बिक्री गर्दै आएका थिए।
उनविरुद्ध कालोबजार र अन्य सामाजिक अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। १८ भदौमा पक्राउ परेका मुकेश सिंहले उपभोक्तालाई ठग्नका लागि ब्राण्डेड चामलको नाममा कमसल चामल बिक्री गरेका थिए।






