Skip to main content

सेयर बजारका सबै सूचक घटे, नेप्से २५३१ अंकमा झरेको छ

बिहीबार नेप्से १३.८५ अंकले घटेर २५३१ अंकमा पुगेको छ र कारोबार रकम ३ अर्ब ९९ करोड रुपैयाँमा झर्‍यो। आज ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको घटेको छ, र उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.१४ प्रतिशत घटेको छ। लिबर्टी इनर्जीको मूल्य १५ प्रतिशतले बढ्दा सिन्धु विकास बैंकको मूल्य १५ प्रतिशतले घटेको छ। २५ भदौ, काठमाडौं।

बिहीबार सेयर बजारका सबै सूचकांकहरू घटेका छन्। बजार परिसूचक नेप्से १३.८५ अंकले घटेको छ। अघिल्ला दिन नेप्से १५.४३ अंकले घटेको थियो। आजको कारोबार पछि नेप्से २५३१ अंकमा कायम भएको छ। कारोबार रकम घटेको छ। अघिल्लो दिन ४ अर्ब १९ करोड रुपैयाँ कारोबार भएकोमा आज ३ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएको छ।

६९ कम्पनीको मूल्य बढ्दा २०१ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.१४ प्रतिशतले घटेको छ। अरु समूहहरूको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ। बैंकिङ समूह ०.४७, विकास बैंक ०.३४, फाइनान्स ०.६६, होटल तथा पर्यटन ०.५०, जलविद्युत् ०.५५, लगानी ०.४१, जीवन बीमा ०.१७, माइक्रोफाइनान्स ०.५६, निर्जीवन बीमा ०.७८, अन्य समूह ०.६४ र व्यापार समूह ०.२७ प्रतिशतले घटेका छन्।

आज लिबर्टी इनर्जीको मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। त्यस्तै दोल्ती पावरको मूल्य ८.२२, अपर लोहोरेखोलाको ७.०२, इमर्जिङ नेपालको ५.४६, शिवश्री हाइड्रोको ४.९२, सेन्ट्रल फाइनान्सको ४.४६ तथा जानकी फाइनान्सको ४.२८ प्रतिशतले मूल्य बढेको छ। सिन्धु विकास बैंकको मूल्य १५ प्रतिशतले घटेको छ। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ५.२४, शुभम पावरको ५.१९, धौलागिरि लघुवित्तको ४.५० र बाराही हाइड्रोपावरको ४.४० प्रतिशतले मूल्य घटेको छ। आज धेरै कारोबार भएका कम्पनीहरूमा लिबर्टी इनर्जी, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल एसबीआई बैंक, रिडी पावर, सोलु हाइड्रोपावर, गरिमा विकास बैंक र सानिमा मिडिल तमोर समावेश छन्।