केएफसी सञ्चालक देवयानी इन्टरनेसनलले उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ

केएफसी नेपालको फ्रान्चाइजी देवयानी इन्टरनेसनल नेपाल प्रालिले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीका ३१ वटा केएफसी स्टोरले प्रत्येक स्टोरबाट १ लाख रुपैयाँको दरले रकम संकलन गरी राहत तथा पुनर्स्थापनाका लागि दिएको जनाएको छ। उक्त सहयोग रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापनामा प्रयोग गरिने कम्पनीले जनाएको छ। २५ भदौ, काठमाडौं।
केएफसी नेपालको फ्रान्चाइजी तथा सञ्चालक देवयानी इन्टरनेसनल नेपाल प्रालिले भोटेकोशी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ। केएफसी नेपालका ३१ वटा स्टोरले प्रत्येक स्टोरबाट १ लाख रुपैयाँ दरले योगदान गरी कुल ३१ लाख रुपैयाँ सहयोग गरेका हुन्। उक्त रकम रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रयोग गरिने कम्पनीले जनाएको छ।
बाढीबाट ती जिल्लामा मानवीय क्षति हुनुका साथै घर, सडक, पुल तथा अन्य स्थानीय पूर्वाधारमा पनि क्षति पुगेको छ। देवयानी इन्टरनेसनल नेपालले विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रममार्फत नेपाली समुदायलाई सहयोग गर्दै आएको जनाएको छ। आवश्यकताका समयमा समुदायसँग सधैं ऐक्यबद्ध रहने प्रतिबद्धतासहित कम्पनीले विपद्वाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरी शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। देवयानी इन्टरनेसनल नेपाल प्रालि केएफसी नेपालको फ्रान्चाइजी तथा सञ्चालक कम्पनी हो। कम्पनीले नेपालमा आफ्नो व्यवसाय विस्तार गर्दै आएको जनाएको छ।






