
मोजामा प्याज हालेर सुत्दा के रुघा निको हुन्छ? सामाजिक सञ्जालमा प्याजका औषधीय गुणका बारेमा धेरै दाबीहरू गरिन्छ। तर के यसले कुनै सङ्क्रमण निको बनाउन सक्छ भन्ने कुनै वैज्ञानिक प्रमाण छ भने? हाल सामाजिक सञ्जालमा अभिभावकहरूलाई आफ्ना बच्चाहरूलाई रुघा लाग्दा वा ज्वरो हुँदा सिटामोलको सट्टा केही घरेलु उपायहरू अपनाउन प्रोत्साहन गर्ने भिडिओहरू प्रशस्त देखिन थालेका छन्।
घरेलु उपचारका ती ‘ट्रेन्ड’हरूमा रुघा लाग्दा मोजामा प्याज राखेर सुत्नुपर्छ भनी भनिन्छ। के यो उपाय प्रभावकारी हुन्छ?






