हिमनदी र हिमताल विस्फोटबाट उत्पन्न विपद् : जोगिने र क्षति कम गर्ने उपायहरू

हिमनदी र हिमताल विस्फोटबाट सृजित हुने विपद्बाट कसरी जोगिने भन्ने विषयमा छलफल गरिएको छ। गत भदौ महिनामा तिब्बत र नेपालको क्षेत्रमा एक हिमनदी फुटेर आएको पहिरोका कारण ठूलो तबाही निम्त्याउने किसिमको बाढी आएको थियो। भोटेकोशी र त्रिशूली नदीमा तिब्बतबाट आएको बाढी पश्चात हिमाली क्षेत्रहरूमा हिमनदी र हिमताल विस्फोट हुने जोखिम रहेका चेतावनी दिइएको छ। यसका लागि निरन्तर निगरानी आवश्यक रहेको बताइएको छ।
काठमाडौंस्थित एकीकृत पर्वतीय विकासको अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले हिन्दुकुश हिमालय क्षेत्र, विशेष गरेर नेपालमा पर्ने हिमनदीहरूको अध्ययन गर्दै आएको छ। यसले यस्ता विपद्बाट कसरी बच्ने र सम्भावित क्षति कसरी कम गर्ने विषयमा अनुसन्धान गरिरहेको छ। यस सन्दर्भमा ‘बीबीसी हातेमालो’का लागि सञ्जय ढकालले इसिमोडकी जल तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख नीरा श्रेष्ठ प्रधानसँग कुराकानी गरेका छन्।






