
विपद् बेला फैलिने गलत समाचारबाट कसरी जोगिने
गत भदौ महिनामा विनाशकारी बाढीपछि सामाजिक सञ्जालमा विभिन्न तस्बिर, भिडियो र जानकारी भाइरल भएका थिए। ती मध्ये धेरैजसो सामग्रीहरू एआई प्रविधिबाट सिर्जना गरिएको हुँदा झट्ट हेर्दा वास्तविकजस्तै देखिन्छन्। तर धेरैजना तिनीहरूबाट प्राप्त हुने सूचनालाई सत्य नठानेर विश्वास गर्छन्।
विपद्का बेला फैलिने गलत सूचना कसरी छुट्याउने र सही जानकारी कहाँ र कसरी प्राप्त गर्ने भन्ने विषयमा ‘बीबीसी हातेमालो’का लागि सागर बुढाथोकीले फ्याक्टचेकर तथा पत्रकार दीपक अधिकारीसँग प्रश्न गरेका छन्।






