बाढीले खेत बगाएका किसानलाई कस्तो राहत उपलब्ध गराइन्छ र ‘बगर’ जमिनमा के खेती गर्न सकिन्छ?

बाढीले खेत बगाएका किसानहरूले के कस्तो राहत पाउँछन् र ‘बगर’ जमिनमा के कस्तो खेती सम्भव छ भन्ने विषयमा जानकारी। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले नदी किनाराका धेरै खेतबारी बगाएको छ भने केही क्षेत्रमा ठूलो मात्रामा कृषि उत्पादनमा क्षति पुगेको छ। धेरै खेतहरूमा बालुवा, ढुङ्गा र लेदो जम्मा भएकोले ति स्थानहरूमा तत्काल विगतझैं अन्नबाली लगाउन सकिने अवस्था छैन, विज्ञहरूले बताएका छन्।
बाढीले कृषि क्षेत्रमा पुर्याएको क्षतिको यथार्थ तथ्यांक संकलन भइरहेको कृषि, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ। यसै सन्दर्भमा कृषकका लागि सरकारले तयार पारेका राहत कार्यक्रमहरू के के हुन् र बगर भएका ठाउँहरूमा छिटो कस्तो अन्नबाली लगाउन सकिन्छ भन्ने विषयमा बुझ्नका लागि हामीले प्रयास गरेका छौँ। यस सम्बन्धमा ‘बीबीसी हातेमालो’ का लागि कृषि विभागका उपमहानिर्देशक विनोदकुमार भट्टराईसँग प्रतीक्षा खनालले गरेका कुराकानीहरू यहाँ प्रस्तुत छन्।






