Skip to main content

बाढीले बगाएका खेतका किसानलाई उपलब्ध राहत र ‘बगर’ जमिनमा सम्भावित खेती के छ?

बाढीले बगाएका खेतका किसानहरूले के कस्तो राहत पाउँछन् र ‘बगर’ जमिनमा कस्तो खेती सम्भव छ भन्ने विषयमा जानकारी। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले नदीकिनाराका धेरै खेत बगाएको छ भने केही क्षेत्रमा ठूलो मात्रामा कृषि उत्पादनमा क्षति पुगेको छ। धेरै खेतहरूमा बालुवा, ढुङ्गा र लेदो जम्मा भएका कारण तत्काल ती स्थानहरूमा विगतझैं अन्नबाली लगाउन नसकिने विशेषज्ञहरूले बताएका छन्।

बाढीले कृषि क्षेत्रमा पुर्याएको क्षतिको यथार्थ तथ्यांक संकलन भइरहेको कृषि, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ। यसै सन्दर्भमा कृषकका लागि सरकारले तयार पारेका राहत कार्यक्रमहरू के के हुन् र बाधित ठाउँहरूमा छिटो कस्तो अन्नबाली लगाउन सकिन्छ भन्ने विषयमा बुझ्नका लागि प्रयास गरिएको छ। यस सम्बन्धमा ‘बीबीसी हातेमालो’का लागि कृषि विभागका उपमहानिर्देशक विनोदकुमार भट्टराईसँग प्रतीक्षा खनालले गरेको संवाद यहाँ प्रस्तुत गरिएको छ।