
संयुक्त राज्य अमेरिकाको टेक्ससमा तीन दिनसम्म ७१,२०७ वटा ड्रोन उडाएर नयाँ विश्व रेकर्ड स्थापना गरिएको छ। ‘गिनिज वर्ल्ड रेकर्ड्स’ले यस प्रदर्शनीलाई एक साता भित्र सबैभन्दा धेरै ड्रोन उडाइएको रेकर्डको रूपमा प्रमाणित गरेको छ। यसअघि रहेको रेकर्ड ५५,९३९ ड्रोनहरूले राखिएको थियो।
यस प्रदर्शनीमा काल्पनिक प्राणीको ड्रोनहरूले तयार पारिको सबैभन्दा ठूलो हवाई आकृतिको गिनिज वर्ल्ड रेकर्ड पनि कायम गरिएको छ। यसका लागि कुल १०,१८३ ड्रोनहरू प्रयोग गरिएका थिए। पहिलाको कीर्तिमान २,२४७ ड्रोन प्रयोग गरेर बनाइएको थियो। यी दुवै रेकर्ड अमेरिकी कम्पनीहरू ‘स्काई एलिमन्ट्स ड्रोन शो’ र ‘डाम्योडा अमेरिका’ले सिर्जना गरेका हुन्।







