
समुद्री आँधी जारी रहँदा अन्तरिक्षबाट आन्ध्र महासागरमा विभिन्न स्थानमा परेको चट्याङको दृश्य देखिएको छ। अन्तरिक्षबाट खिचिएको यस भिडिओमा यस सिजनको पहिलो समुद्री आँधी, हरिकेन ईसाईअस, को समयमा चट्याङ सक्रियता देखाइएको छ।
हरिकेन ईसाईअस पहिलो श्रेणीको समुद्री आँधी हो, जसको गति १२६ किलोमिटर प्रति घण्टा भन्दा बढी छ। यो आँधी अमेरिकाको नर्दर्न गल्फ कोस्टमा शुक्रबार राति ठोक्किने अपेक्षा गरिएको छ।







