२४ असोज, काठमाडौं । भारतको कक्रोच जनता पार्टीको प्रदर्शनको तयारीको क्रममा चर्चित युट्युबर ध्रुव राठीलाई प्रहरीले पक्राउ गरेको छ। हरियाणा राज्यको गुरुग्राम सहरबाट शनिबार बिहान उनलाई गिरफ्तार गरिएको हो। गुरुग्रामको सेक्टर–५६ बाट उनलाई हिरासतमा लिइएको छ।
शुक्रबार बेलुकी ध्रुवले सामाजिक सञ्जालमा इन्डिया गेट नजिकै यात्राको भिडियो सेयर गरेका थिए। ‘म दिल्ली आइपहेंचु। प्रधानमन्त्रीले ५० भन्दा बढी मेट्रो स्टेशन बन्द गरेको मैले पाएँ,’ उनले भिडियोमा भनेका थिए, ‘कयौं ट्रेन र बस रद्द गरिएको छ। प्रदर्शनका कारण दिल्लीलाई लकडाउन गरिएको छ।’ दिल्ली प्रहरीले प्रदर्शनमा सहभागी हुने जत्थालाई हिरासतमा लिएर नियन्त्रणमा राखेको छ।