
नेपाली ब्याट्समन रोहित पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानडाविरुद्ध १२६ बलमा शतक पूरा गरेका छन्। ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ १ मा उनले ८ चौका र १ छक्का प्रहार गर्दै ओडीआई करियरको तेस्रो शतक पूरा गरेका हुन्।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४७ ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको छ। २५ असोज, काठमाडौं। रोहित पौडेलले १२ अर्धशतक पनि बनाएका छन् र उनको सर्वोच्च स्कोर १२६ रहेको छ।







