Skip to main content
Advertisementxtreme adv

हिरासतबाट रिहा भएपछि अभिजीतले मोदीलाई ‘डरपोक’ भने

२५ असोज, काठमाडौं । कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले प्रहरी हिरासतबाट रिहा भए पछि पहिलो प्रतिक्रिया जनाएका छन्। अभिजीत दीपकेले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै उनलाई ‘डरपोक’ भनेका छन्। अभिजीतले एक्समा पोष्ट गर्दै भने, ‘प्रधानमन्त्रीको रुपमा मोदी भारतका लागि लाजको विषय हुन्। यस देशले आजसम्म उनीभन्दा ठूलो डरपोक र अरूलाई डरपीडित बनाउने व्यक्ति देखेको छैन।’

अर्का नेता आशुतोष राङ्काले एक्समा लेखेका छन्, ‘ज्ञानेश कुमार गद्दार हुन्। उनले राजीनामा दिनुपर्छ। यस्ता गद्दारहरूलाई हटाउनका लागि म जीवनभर जेल बस्न पनि तयार छु।’ अभिजीत दीपके, सौरव दास र आशुतोष राङ्कालाई आइतबार बिहान करिब १० बजे २३ घण्टा हिरासतमा राखेपछि रिहा गरिएको थियो। उनीहरूलाई दिल्ली क्यान्टमा रहेको एग्जीक्युटिभ म्याजिस्ट्रेट अदालतमा उपस्थित गराइएको थियो।