Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

यात्रुको पावर बैंकमा आगो लागेपछि इन्डिगो एयरलाइन्सको विमान आकस्मिक अवतरण

Advertisement800×200-1

समाचार संक्षेप
दिल्लीबाट चेन्नई तर्फ उडेको इन्डिगोको ६E ६११५ उडानमा रहेको यात्रुको पावर बैंकमा आगलागी भएपछि विमानलाई हैदराबादमा डाइभर्ट गरी सुरक्षित अवतरण गराइएको छ। चालक दलका सदस्यहरूले विमानभित्र लागेको आगो नियन्त्रणमा ल्याएका थिए र सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित छन्। इन्डिगोले यात्रुलाई चेन्नई पुर्‍याउन अर्को विमानको व्यवस्था गरेको छ र सम्बन्धित अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन्।

२६ असोज, काठमाडौं। दिल्लीबाट चेन्नईतर्फ उडिरहेको इन्डिगो एयरलाइन्सको विमानमा रहेका एक यात्रुको पावर बैंकमा आगो लागेको घटनाका कारण विमानलाई हैदराबाद विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ। आइतबार उडानको क्रममा पावर बैंकबाट सुरु भएको आगो नियन्त्रणमा लिन विमानलाई हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ।

इन्डिगोका अनुसार उडान नम्बर 6E 6115 का चालक दलका सदस्यहरूले विमानभित्र लागेको आगो निभाएका थिए। घटनामा समावेश सबै यात्रु तथा चालक दलका सदस्यहरू सुरक्षित छन्। ‘स्थापित सुरक्षा प्रक्रियाअनुसार पाइलटहरूले विमानलाई हैदराबादमा डाइभर्ट गरी राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराएका थिए,’ इन्डिगोका प्रवक्ताले जनाएका छन्। उक्त विमानमा सवार यात्रुहरूलाई गन्तव्य चेन्नईसम्म पुर्‍याउन अर्को विमानको व्यवस्था गरिएको छ भने घटना सम्बन्धमा सम्बन्धित अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर