Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

ट्रम्पले रुस र युक्रेनबीच ‘इन्धन युद्धविराम’मा सहमति भएको दावी गरे

Advertisement800×200-1

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच इन्धन तथा ऊर्जा संरचनामा आक्रमण नगर्ने ‘इन्धन युद्धविराम’मा सहमति भएको दाबी गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने यसबारे आफूलाई पूर्वजानकारी नरहेको तर रुसले सहमति जनाए युक्रेन पनि युद्धविराम स्वीकार गर्न तयार रहेको बताएका छन्।

ट्रम्पले आइतबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै भने, “तत्काल लागू हुने गरी रुस र युक्रेनबीचको युद्धमा ‘इन्धन युद्धविराम’ (इनर्जी सिजफायर) भएको छ। दुवै पक्ष सहमत भएका छन्। यसलाई कसैले नतोड्नुहोस्!” ट्रम्पको यो आकस्मिक घोषणापछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले प्रतिक्रिया दिँदै भने, “यो घोषणा मेरो लागि बिलकुलै नयाँ खबर हो। तर यदि राष्ट्रपति ट्रम्पले मस्कोसँग यस्तो सहमति गराउनुभएको हो भने कृपया हामीलाई यो युद्धविराम कहिलेदेखि सुरु हुन्छ भन्नुहोस्। हामी रुसी सहमति भए यसलाई स्वीकार्न पूर्ण रूपमा तयार छौं।”

यसअघि एबीसीको ‘दिस वीक’ कार्यक्रममा बोल्दै जेलेन्स्कीले रुसले युक्रेनी ऊर्जा संरचनामा आक्रमण रोक्यो भने युक्रेनले रुसी आयल रिफाइनरीहरूमा आक्रमण गर्न बन्द गर्ने स्पष्ट पारेका थिए। ट्रम्पको यो दाबी युक्रेन र ट्रम्प प्रशासनबीच विगत केही दिनदेखि बढ्दो कूटनीतिक तनावका बीच आएको हो। शुक्रबार ट्रम्पले विश्वव्यापी रूपमा आकासिँदो इन्धन मूल्य घटाउन रुसी डिजेल निर्यातमाथिको प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेका थिए, जसप्रति युक्रेनले कडा आपत्ति जनाएको थियो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर