

बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूको पुनर्वास योजना


बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूको पुनर्वास योजना तयार गरिएको छ।
भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले हजारौँ घरहरू बगाएको र लेदोमा डुबाएको छ। भदौ महिनामा परेको यस प्रकोपपछि धेरै मानिसहरू विस्थापित भएका छन्। उनीहरू प्रायः अस्थायी शिविरहरूमा वा आफन्तको सहयोगमा अन्य ठाउँमा बसिरहेका छन्।
विस्थापितहरूले अहिले आफ्नो पुनर्वासको तरिका खोजिरहेका छन्। केहीले फेरि आफ्ना पुराना ठाउँमा फर्कने इच्छा व्यक्त गरेका छन् भने कतिपयले त्यहाँ बस्न असम्भव रहेको बताएका छन्। सरकारी अधिकारी र विज्ञहरूले नदीको किनारामा भविष्यमा पनि बाढीको जोखिम उच्च रहेको भन्दै त्यहाँ पुनः बस्ती बसाल्न नहुन सुझाव दिएका छन्। यस सन्दर्भमा सरकारले कस्तो योजना बनाएको छ? पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकाश अर्यालसँग ‘बीबीसी हातेमालो’का लागि निरञ्जन राजवंशीले गरेको कुराकानी सुन्नुहोस्।

सम्बन्धित खबर









