Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

कटारीले दोस्रो शिखर ढकाल स्मृति यू–१७ रग्बी प्रतियोगितामा महिला र पुरुष दुवै उपाधि जित्यो

Advertisement800×200-1

कटारी नगरपालिकाले दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगितामा दुवैतर्फको उपाधि जितेको छ। सोमबार सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा सम्पन्न फाइनलमा कटारीले महिला टोलीलाई १–० र पुरुष टोलीलाई २–१ ले पराजित गर्यो। यस उपाधिसँगै कटारीले च्याम्पियन ट्रफीसहित जनही ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो।

उपविजेता फिक्कलले दुवैतर्फ जनही २० हजार रुपैयाँको पुरस्कार प्राप्त गर्यो। महिलातर्फ बुढानीलकण्ठ नगरपालिकाले टोखा नगरपालिकालाई १–० ले हराउँदै तेस्रो स्थान हासिल गर्‍यो भने पुरुषतर्फ गोलबजार नगरपालिकाले बुढानीलकण्ठलाई अतिरिक्त समयमा ३–० ले पराजित गर्दै तेस्रो स्थान प्राप्त गर्यो। तेस्रो स्थान प्राप्त गरेका दुवै टोलीले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

प्रतियोगितामा महिलातर्फ कटारीकी सानामिका मगर र पुरुषतर्फ फिक्कलका शिशिर ढकाल उत्कृष्ट खेलाडी घोषित भए। समापन समारोहमा नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटा, फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवार, सङ्घका महासचिव गोविन्द घिमिरे लगायतले विजेता तथा उपविजेता टोलीका खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे। गाउँपालिका अध्यक्ष सुनुवारले प्रतियोगितामा सहभागी सबै टोलीलाई धन्यवाद दिँदै आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिने विश्वास व्यक्त गरिन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर