Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नेपालमा ‘ओभरस्टे’ गर्ने चिनियाँ नागरिकको संख्या बढ्दैछ, कारबाही प्रक्रिया के हो?

Advertisement800×200-1

नेपालमा विभिन्न प्रयोजनका लागि आएर भिसा अवधिभन्दा बढी समय बस्ने (‘ओभरस्टे’ गर्ने) विदेशी नागरिकमध्ये चिनियाँहरूको संख्या उल्लेखनीय रहेको जनाएको छ। अध्यागमन विभागकी प्रवक्ता गीता घिमिरेका अनुसार, “हामीले समग्र तथ्याङ्क हेर्दा नेपाल आउने बीचमा चिनियाँहरूको संख्या धेरै छ, ओभरस्टे गर्नेमा पनि चिनियाँ नागरिकहरू बढी छन् र निष्कासनमा पर्नेमा पनि चिनियाँहरू समावेश छन्।” उनले थपिन्, “यदि उनीहरू भिसाविपरीत काममा संलग्न भएमा आवश्यक कारबाही गरिन्छ।”

पछिल्ला वर्षहरूमा नेपाल सस्तो गन्तव्य भएको कारणले विभिन्न उद्देश्यले विदेशीहरू झुण्डिएर ‘ओभरस्टे’ गर्ने गरेको बताइएको छ। विभागका तथ्याङ्कअनुसार सन् २०२६ को जनवरी १ देखि अक्टोबर १२ सम्म ओभरस्टे गरेका र अन्य अपराधमा निष्कासनमा परेका विदेशी नागरिकहरूको संख्या ४६९ पुगेको छ। जसमा सबैभन्दा धेरै — १०३ चिनियाँ नागरिक छन्। ओभरस्टे गर्नेहरूलाई अध्यागमन विभागले नियमावली र कार्यविधिअनुसार निष्कासन गर्ने व्यवस्था गरेको छ।

अध्यागमन विभागले नेपालमा व्यापार एवं व्यवसायमा लगानी गर्ने विदेशी नागरिकलाई व्यावसायिक भिसा वितरण गर्ने गरेको छ। तर त्यस भिसालाई रोजगारी, श्रम वा अन्य सम्बन्धविहीन कामका लागि प्रयोग गर्न नपाइने व्यवस्था छ। विभागका पूर्वमहानिर्देशक उमेश मैनालीले भने, “गृह प्रशासन कमजोर भएको कारणले ओभरस्टे गर्नेहरूको संख्या नेपालमा बढिरहेको छ।” साथै उनले औंल्याए, “आजको आधुनिक युगमा कुनै व्यक्ति कहाँ गयो, कुन होटेलमा बस्यो भन्ने सबै ‘ट्रेस’ गर्न सकिन्छ।”

अध्यागमन नियमावली २०५१ र कार्यविधि २०६५ अनुसार, पर्यटक भिसामा १५० दिनभन्दा बढी बस्न अनुमति छैन। यदि थप बस्ने वा उद्देश्यविपरीत काम गरेर बस्ने व्यक्ति भेटिएमा उनलाई निष्कासन गरिन्छ। अध्यागमन ऐनअनुसार सजाय पाएका विदेशीलाई १ वर्षदेखि १० वर्षसम्म नेपाल आउन नदिन निष्कासन गरिने व्यवस्था छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर