Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

पानमा शक्तिशाली भूकम्प, आपत्काल घोषणा

Advertisement800×200-1

पानमामा शक्तिशाली भूकम्पले घर, विद्यालय, अस्पताल, सडक र सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि राहत तथा उद्धार कार्य व्यवस्थित गर्न आपत्काल घोषणा गरिएको छ। मङ्गलबार बिहान पानमामा ६.१ म्याग्निच्युडको अर्को भूकम्प आएको नेसनल सेन्टर फर सिस्मोलोजीले जनाएको छ। यसअघि शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्पपछिको १४७ परकम्पहरू आएका थिए, तीमध्ये केहीको म्याग्निच्युड ६.१ र ६.६ सम्म पुगेको थियो। भूकम्पको केन्द्र लस सान्टोस प्रान्तको टोनोसीबाट करिब ३९ किलोमिटर उत्तर-पश्चिममा रहेको थियो।

सबैभन्दा बढी क्षति दक्षिणी तटीय क्षेत्रको कोक्ले प्रान्तमा भएको छ भने पानमा शहरमा पनि क्षति पुगेको छ। प्रारम्भिक विवरण अनुसार केही मानिसहरू सामान्य घाइते भएका थिए। राष्ट्रपति जोस राउल मुलिनोले राहत कार्य समन्वय गर्न, स्रोतसाधन व्यवस्थापन गर्न र प्रभावित समुदायका आवश्यकतालाई सम्बोधन गर्न आयोग गठन गर्न निर्देशन दिनुभएको छ। सरकारले चन्दा संकलन केन्द्र स्थापना गरेको छ र प्रभावित क्षेत्रका अस्पतालहरूमा बिरामीलाई बाहिर निकालेर उपचारको व्यवस्था मिलाएको छ।

भूकम्पपछि दुई मेट्रो लाइनको सेवा स्थगित गरिएको थियो भने देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल सावधानीका लागि अस्थायी रूपमा बन्द गरिएको थियो र पछि पुनः सञ्चालनमा ल्याइएको छ। अमेरिकी दूतावासले मध्य तथा दक्षिण अमेरिकाका नौ देशहरूमा परकम्प र सुनामीको सम्भावित जोखिमबारे चेतावनी दिएको थियो। अमेरिकी सुनामी चेतावनी प्रणालीले पछि खतरा नहुनको जानकारी दिएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर