साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुँथी विद्रोहीहरूले नियन्त्रण गरेका राजधानी सानामामा विशेष सैन्य कारबाही सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सर्ने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल एक्समा दिएको वक्तव्यमा भनेका छन् कि सो क्षेत्रमा विशेष सैन्य कारबाही आवश्यक रहेको छ। यस घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।
उता, हुथी विद्रोहीहरूले साउदी अरबलाई लक्षित गर्दै लगातार ड्रोन र मिसाइल आक्रमण गरिरहेका छन्। केही दिनअघि रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हुथीहरूद्वारा आक्रमण हुँदा केही जनाको मृत्यु पनि भएको थियो। आजै रियादको उत्तरी क्षेत्रमा साउदी अरबले तीनवटा ड्रोनलाई असफल पारेर खसालेको जानकारी दिएको छ।