Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

निसर्ग बाटिकाले १४औं एनएसए कप पौडी प्रतियोगिता जित्यो

Advertisement800×200-1

१४औं एनएसए कप पौडी प्रतियोगितामा निसर्ग बाटिका स्कुल १,३६३ अंकसहित पहिलो स्थान हासिल गर्‍यो। महिलातर्फ नेपाल आर्मी क्लबकी डुवाना लामा र पुरुषतर्फ नेपाल पुलिस क्लबका एरभिन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगितामा कुल १७ राष्ट्रिय कीर्तिमान कायम भए, जसमा एरभिनले ६ कीर्तिमान तोडेका छन्। २७ असोज, काठमाडौं। १४औं एनएसए कप पौडी प्रतियोगितामा निसर्ग बाटिका स्कुलले पहिलो स्थान ओगटेर उपाधि जित्न सफल भयो र १३६३ अंक सङ्कलन गर्‍यो। दोस्रो स्थानमा रहेको एपीएफले ६१३ अंक र तेस्रो स्थानमा रहेको जेम्सले ६०६ अंक प्राप्त गर्‍यो। महिलातर्फ सातवटा स्वर्ण पदक जित्ने नेपाल आर्मी क्लबकी डुवाना लामा र पुरुषतर्फ चार स्वर्ण तथा दुई रजत पदक जित्ने नेपाल पुलिस क्लबका एरभिन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए।

प्रतियोगितामा कुल १७ राष्ट्रिय कीर्तिमान कायम गरिएको जानकारी आयोजक नेपाल पौडी सङ्घले दिएको छ। यी मध्ये एरभिन श्रेष्ठले ६ कीर्तिमान कायम गरेका छन्। अभिभ प्रधानले ४, जाडेन श्रेष्ठले ३, भने डुवाना लामा, कल्किन श्रेष्ठ, अथर्व सिंह र आरोण भण्डारीले समान १–१ राष्ट्रिय कीर्तिमान राखेका छन्।

विजयी टोली र उत्कृष्ट खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले पुरस्कार प्रदान गरे। नेपाल पौडी सङ्घको आयोजनामा दुई दिने यो प्रतियोगिता सातदोबाटोस्थित पौडी पोखरीमा सम्पन्न भएको थियो। प्रतियोगिता आगामी डिसेम्बरको पहिलो साता बेइजिङमा हुने सर्ट कोर्स विश्व च्याम्पियनसिप छनोटका लागि आयोजना गरिएको थियो। यसमा ३६ टोलीका १५१ खेलाडी सहभागी थिए।

तस्वीरहरू : विकास श्रेष्ठ


Advertisementadv-800×200.png

सम्बन्धित खबर