अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नभएको बताएका छन्। आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया दिएका हुन्।
‘कट्टर वामपन्थी मूर्ख र पागलहरूबाट चीन र रुसले इरानलाई असाधारण सहयोग गरिरहेको भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका छन्। उनले भने, ‘यदि उनीहरूले सहयोग गरिरहेका छन् भने पनि त्यो निकै न्यून स्तरमा रहेको हुन सक्छ। तर, म विश्वास गर्दिनँ कि उनीहरूले कुनै सहयोग गरिरहेका छन्।’
ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरे दुवै देशले ठूलो घाटा व्यहोर्नुपर्ने र अमेरिकाले त्यसबारे उठाएका कदमहरू थाहा पाउने बताए। साथै, यस्तो सहयोग भए अमेरिकाले छिट्टै थाहा पाउने उनको दाबी छ।