Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नेपालमा पहिलोपटक ह्विलचेयर रग्बी विकास प्रशिक्षण सुरु

Advertisement800×200-1

नेपालमा पहिलोपटक ह्विलचेयर रग्बीको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि ‘ह्विलचेयर रग्बी विकास प्रशिक्षण २०२६’ सुरु गरिएको छ। ह्विलचेयर रग्बी संघ नेपालको आयोजनामा त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु भएको तीनदिने प्रशिक्षणमा १४ नेपाली खेलाडी सहभागी छन्। अमेरिकी प्रशिक्षक माइकल स्टिभ केयरली नेतृत्वको पाँच सदस्यीय टोलीले ह्विलचेयर सञ्चालन, खेल कौशल, रणनीति, चोटपटक रोकथाम र पुनःस्थापनाबारे प्रशिक्षण दिनेछ। २७ असोज, काठमाडौं।

नेपालमा पहिलोपटक ह्विलचेयर रग्बीको विकास र खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सुरु भएको छ। ह्विलचेयर रग्बी संघ नेपाल र बीआईए इन्स्टिच्युट तथा नेपाल रग्बी संघको सहकार्यमा मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा ‘ह्विलचेयर रग्बी विकास प्रशिक्षण २०२६’ सुरु भएको हो। तीन दिनसम्म चल्ने यो प्रशिक्षणमा नेपालका १४ खेलाडी सहभागी छन्। प्रशिक्षण हरेक दिन दिउँसो २ बजे देखि ५ बजे सम्म सञ्चालन हुनेछ।

प्रशिक्षणका लागि अमेरिकी ह्विलचेयर रग्बी प्रशिक्षक माइकल स्टिभ केयरली नेतृत्वमा पाँच सदस्यीय टोली नेपाल पुगेको छ। टोलीमा मेरुदण्ड चोट पुनःस्थापनाका विशेषज्ञ डा. जेफ्री क्रेग बर्लिनर र अमेरिकी ह्विलचेयर रग्बी खेलाडी लोगन डिन फुलर पनि रहेका छन्। प्रशिक्षणमा नेपालका कृष्ण थापा र श्रीराम श्रेष्ठ प्रशिक्षकको रूपमा सहभागी छन्। साथै अन्तर्राष्ट्रिय रेफ्री प्रेम कोइरालाको पनि सहभागिता छ। नेपाल रग्बी संघले प्रशिक्षक तथा रेफ्री व्यवस्थापनमा सहयोग गरेको आयोजकले जनाएका छन्।

यस प्रशिक्षणमा ह्विलचेयर सञ्चालन, खेल कौशल, रणनीति, शारीरिक क्षमता विकास, चोटपटक रोकथाम र स्वास्थ्य तथा पुनःस्थापनासम्बन्धी विषयमा प्रशिक्षण दिइनेछ। नेपालमा ह्विलचेयर रग्बीको आधार बलियो बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा खेलाडीको सीप र क्षमता विकास हुनुका साथै नेपाली खेलाडीलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर