

सुदूरपश्चिम रोयल्सले रोयल ट्युलिप काठमाडौंलाई स्टे पार्टनरको रूपमा चयन गर्यो


सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगका लागि रोयल ट्युलिप काठमाडौंलाई स्टे पार्टनरका रूपमा आबद्ध गरेको छ। रोयल ट्युलिप काठमाडौंका महाप्रबन्धक बलराम पाठकले नेपाली क्रिकेट, खेल पर्यटन र नेपाललाई स्वागतयोग्य गन्तव्यको रूपमा प्रवर्द्धन गर्न सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे।
सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले यो साझेदारीले टोलीको आतिथ्य व्यवस्थापन अझ व्यवस्थित बनाउने र खेलकुद तथा पर्यटनबीचको सम्बन्धलाई बलियो बनाउने बताए। २७ असोज, काठमाडौंमा भएको यस सम्झौताले एनपीएलमा क्रिकेटको विकासमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।
पाठकले भने, “सुदूरपश्चिम रोयल्ससँग साझेदारी गर्न र नेपाल प्रिमियर लिगको हिस्सा बन्न पाउँदा हामी खुशी छौं। क्रिकेटले मानिसहरूलाई जोड्ने प्रभावकारी माध्यमको रूपमा काम गरेको छ भने एनपीएलले नेपालमा यस खेलको विकासमा नयाँ अध्याय थपिरहेको छ।”
खड्काले भने, “रोयल ट्युलिप काठमाडौंजस्तो प्रतिष्ठित आतिथ्य संस्थासँग साझेदारी गर्न पाउँदा हामी खुशी छौं। यस साझेदारीमार्फत खेलाडी, समर्थक र प्रतियोगितासँग जोडिएका आगन्तुकहरूलाई गुणस्तरीय आतिथ्य अनुभव प्रदान गर्ने अपेक्षा गरेका छौं।”

सम्बन्धित खबर









