Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

दशैँमा बोनस पाउनुभयो? बोनस नपाएको अवस्थामा उजुरी गर्ने तरिका

Advertisement800×200-1

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता र प्रतिष्ठानलाई श्रमिकहरूले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन र नदिएको अवस्थामा श्रमिकहरूले उजुरी गर्न आग्रह गरेको छ। श्रम ऐनको प्रावधानअनुसार श्रमिकले आफ्नो धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वको लागि प्रत्येक वर्ष एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ।

विभागका महानिर्देशक चक्रपाणी पाण्डेले यस्तो सुविधा नदिने प्रतिष्ठानविरुद्ध श्रमिकले उजुरी गर्न सक्ने तर कतिपय अवस्थामा स्पष्ट विवरण नदिंदा कार्यान्वयनमा समस्या हुने गरेको बताएका छन्। उजुरी गर्दा प्रक्रिया पूरा गरी उजुरीकर्ता र उजुरी गरिएको पक्षको स्पष्ट नाम ठेगाना उल्लेख गर्न उनले आग्रह गरे। तर धेरैजसोले जागिर गुम्ने डर वा उजुरी प्रक्रियाको झन्झटिलो, लामो र खर्चिलो हुन सक्ने भन्दै उजुरी दिन हिचकिचाउने गरेको कानुन व्यवसायीले बताएका छन्।

ऐनको व्यवस्था अनुसार चाडपर्व खर्च प्राप्त नगरेका श्रमिक तथा कामदारले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा निवेदन दिनसक्ने विभागले जनाएको छ। विभागको वेबसाइटमा रहेको क्यूआर कोडमा रहेको फारम भरेर पनि उजुरी दिन सकिने व्यवस्था गरिएको छ। श्रम ऐन २०७४ को दफा ३७ मा चाडपर्व खर्च पाउने व्यवस्था उल्लेख छ, जसलाई बोलीचालीमा दशैँ बोनस पनि भनिन्छ।

उद्योग बाणिज्य महासंघ, प्याब्सन, एनप्याब्सनलगायतलाई पनि पत्र लेखिसकेको छ। विभागको वेबसाइट www.dolos.gov.np मा वा क्यूआर कोडमार्फत फारम भरेर उजुरी दिन सकिने जनाएको छ। कार्यान्वयनमा चुनौतीहरू रहेका कारण उजुरीहरूलाई सम्वोधन गर्न कठिनाइ भइरहेको छ। अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले जागिर गुम्ने डरले उजुरी गर्न नचाहने अवस्था छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर