Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

अमेरिकी विदेशमन्त्री मार्को रुबियो उज्बेकिस्तान तथा भारतको भ्रमणमा

Advertisement800×200-1

अमेरिकी विदेशमन्त्री मार्को रुबियो १७ देखि २२ अक्टोबरसम्म उज्बेकिस्तान र भारतको भ्रमणमा जान लागेका छन्। रुबियो उज्बेकिस्तानमा ‘सीफाइव प्लस वन’ मन्त्रीस्तरीय बैठकमा सहभागी भई मध्य एसियाली देशका वरिष्ठ अधिकारीहरूसँग द्विपक्षीय वार्ता गर्नेछन्। यस भ्रमणको क्रममा उनी २०० भन्दा बढी नेताहरु समावेश अमेरिकी व्यावसायिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतमा सरकारी अधिकारी र व्यापारी नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, रुबियोले भारतको मुम्बई र जामनगरमा भ्रमण गर्नेछन्। उज्बेकिस्तानमा विदेशमन्त्री रुबियोले ‘सीफाइव प्लस वन’ मन्त्रीस्तरीय बैठकमा भाग लिनुहुनेछ। यस कूटनीतिक मञ्चमार्फत अमेरिका र मध्य एसियाली देशहरूबीच शान्तिपूर्ण र समृद्ध भविष्यको प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ।

रुबियोले उज्बेकिस्तान, काजाकिस्तान, ताजाकिस्तान, तुर्कमेनिस्तान र किर्गिजस्तानका वरिष्ठ अधिकारीहरूसँग द्विपक्षीय बैठकहरूमा पनि सहभागी हुनेछन्। यो ऐतिहासिक भ्रमणले अमेरिका र मध्य एसियाबीचको व्यावसायिक सहयोगमा नयाँ युगको शुरुवात गर्ने विश्वास गरिएको छ। त्यसपछि विदेशमन्त्री रुबियो यस वर्षको आफ्नो दोस्रो आधिकारिक भ्रमणका लागि भारत जानेछन्।

अमेरिकी विदेश मन्त्रालयका अनुसार, “यसपछि विदेशमन्त्री यस वर्षको दोस्रो आधिकारिक भ्रमणको लागि भारत आउने छन्। अमेरिका-भारत रणनीतिक साझेदारीलाई मजबुत बनाउन, क्षेत्रीय तथा विश्वव्यापी घटनाक्रम र ऊर्जा सहयोग अभिवृद्धि गर्ने सम्भावनाहरूमा छलफल गर्न उहाँले सरकारी वरिष्ठ अधिकारीहरूलाई भेट्नुहुनेछ।” रुबियोले व्यावसायिक लगानी र आर्थिक सहयोगका अवसरहरू प्रवर्द्धन गर्नका लागि व्यापारी नेताहरूसँग पनि भेटघाट गर्नेछन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर