Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

चुनावअघि इरानमाथि ठूलो सैन्य आक्रमण गर्ने उद्देश्यले ट्रम्प र नेतान्याहुबीच गोप्य छलफल भएको खुलासा

Advertisement800×200-1

समाचार सारांश

अक्टोबर २७ मा हुने इजरायली निर्वाचन र अमेरिकी मध्यअवधि चुनावअघि इरानमाथि संयुक्त सैन्य कारबाही गर्ने विषयमा ट्रम्प र नेतान्याहुबीच गोप्य छलफल भएको खुलासा भएको छ। इजरायली गुप्तचरहरूले प्रतिवेदन दिएका छन् कि इरानले नतान्ज नजिकैको ‘पिक्याक्स माउन्टेन’ क्षेत्रमा युरेनियम प्रवर्धन तीव्र रूपमा गरेको छ, जसपछि नेतान्याहुले ट्रम्पलाई चिन्ता व्यक्त गरेका थिए। ह्वाइट हाउसभित्र मतभेद रहेका भए पनि कतारी मध्यस्थकर्ताहरू अमेरिकी सर्तसहितको जवाफका लागि इरानको प्रतिक्रिया पर्खिरहेका छन् भने ट्रम्पले छिट्टै ठूलो निर्णय गर्ने चेतावनी दिएका छन्।

अक्टोबर २७ मा हुने इजरायली आमनिर्वाचन र त्यसको एक हप्ता पछि हुने अमेरिकी मध्यअवधि चुनावअघि इरानमाथि नयाँ र ठूलो संयुक्त सैन्य कारबाही सुरु गर्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच गोप्य छलफल भएको तथ्य सार्वजनिक भएको छ। एक्सियोसले उच्च स्तरका अमेरिकी र इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट प्रकाशन गरेको हो। अधिकारीहरूका अनुसार पछिल्लो दुई हप्तामा नेतान्याहु र ट्रम्पबीच इरानमाथिको सम्भावित संयुक्त सैन्य कारबाहीबारे धेरै पटक टेलिफोन संवाद भएको छ।

इजरायली गुप्तचर निकायले इरानले आफ्नो आणविक कार्यक्रम पुनः तीव्र रूपमा अगाडि बढाइरहेको प्रतिवेदन दिएका थिएपछि नेतान्याहुले ट्रम्पसँग गम्भीर चिन्ता व्यक्त गरेका थिए। त्यसबात ह्वाइट हाउस र ट्रम्पको टोलीभित्र मतभेद रहे पनि संवादमा ट्रम्पले नेतान्याहुलाई तयारी अवस्थामा रहन भने पनि तत्कालै आक्रमण गर्ने प्रतिबद्धता भने दिएको छैन।

अक्टोबर २ मा क्याम्प डेभिडमा ट्रम्पको अगुवाइमा भएको उच्चस्तरीय मन्त्रिपरिषद् बैठकमा आक्रमण विषयमा घण्टौं छलफल भएको थियो। अमेरिकी रक्षामन्त्री पिट हेगसेथ र सेन्ट्रल कमान्डको नेतृत्व फेरि सैन्य हमलाको पक्षमा रहेका छन्। यद्यपि चुनावमा पर्न सक्ने प्रभाव र सैन्य नेतृत्वको राजनीतिक चुनौतीका कारण युद्ध पुनः सुरु भए इजरायल र अमेरिकाको मतदाता र राजनीतिक समीकरणमा गम्भीर असर पर्न सक्नेछ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर