Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपमा रुविन र इभानाले स्वर्ण पदक जिते

Advertisement800×200-1

यु–२१ सिंगल्सको ब्वाइजमा रुविन महर्जन र गर्ल्समा इभाना थापाले स्वर्ण पदक जितेका छन्। नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपको यु–२१ ब्वाइज सिंगल्समा एभीएमका रुविन महर्जन र गर्ल्समा इभाना थापाले बुधबार स्वर्ण पदक हात पार्न सफल भएका हुन्। यु–२१ ब्वाइज सिंगल्समा गनन्जय दाहाल दोस्रो स्थानमा रहँदा समिर खत्री र रिजन शाक्य तेस्रो पोजिसनमा रहे। गर्ल्सतर्फ वियंका राई दोस्रो भई आस्मा पहरी र साइरा शाक्यले तेस्रो स्थान कब्जा गरे।

यु–१७ ब्वाइज सिंगल्समा एभीएमका प्रज्ज्वल भट्टराईले स्वर्ण पदक जितेका छन्। प्रतियोगितामा जम्मा ६ वटा स्पर्धा आयोजना गरिएको थियो र कुल पुरस्कार राशी २ लाख रुपैयाँ थियो। २८ असोज, काठमाडौं। एभीएम टेबलटेनिस क्लबका रुविन महर्जन र इभाना थापाले नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपमा बुधबार स्वर्ण पदक प्राप्त गरेका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको यु–२१ ब्वाइज सिंगल्समा नेपाल प्रहरीका गनन्जय दाहाल दोस्रो र भिजन टेबलटेनिस क्लबका समिर खत्री तथा यल टेबलटेनिसका रिजन शाक्य तेस्रो स्थानमा पुगे। यु–२१ गर्ल्स सिंगल्समा एभीएमकी वियंका राई दोस्रो र एभीएमकै आस्मा पहरी र साइरा शाक्य तेस्रो भएका थिए।

नेपाल टेबलटेनिस प्रालिद्वारा आयोजित प्रतियोगिताको यु–१७ ब्वाइज सिंगल्समा एभीएमका प्रज्ज्वल भट्टराईले स्वर्ण पदक जिते, यलका रिजन शाक्यले रजत र स्ट्याग च्याम्पिन्स टेबलटेनिस क्लबका निश्चल थापा र यलका रिभानमुनि वज्राचार्यले कांस्य पदक हात पारे। यो दुईदिने प्रतियोगितामा कुल ६ वटा स्पर्धा राखिएको थियो। अघि यसै प्रतियोगिताको यु–१३ र यु–१७ गर्ल्स सिंगल्समा साइरा शाक्यले र यु–१३ ब्वाइज सिंगल्समा रिभानमुनि वज्राचार्यले स्वर्ण पदक जितेका थिए।

विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार, राखेप कार्यकारी समितिका सदस्य सिक्का सुवाल श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा जम्मा पुरस्कार राशी २ लाख रुपैयाँ राखिएको थियो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर