

मिस नेपाल वर्ल्ड दीपमाला नेपालगन्ज म्याराथनमा दौड्न लागिछन्


तेक्वान्दो ब्ल्याक बेल्ट तथा म्याराथन धाविका दीपमाला ढकाल नेपालगन्ज म्याराथनको १२औं संस्करणमा परोपकारी कार्यका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले दौड दौडन तयारी भइरहेका छन्, आयोजकहरूले जानकारी दिएका छन्। मिस नेपाल वर्ल्ड २०२६ की दीपमाला ढकाल मंसिर १२ गते नेपालगन्जमा हुने म्याराथनमा सहभागी हुनेछिन्। आयोजकका अनुसार, उनले क्यान्सर पीडित र जलवायु सचेतनाका लागि आर्थिक सहयोग जुटाउन दौड्ने बताएकी छन्। नेपालगन्ज म्याराथनमा ४२ किलोमिटरदेखि २ किलोमिटर फेमिली रनसम्म १२ वटा विधा समावेश गरिएको छ। २९ असोज, नेपालगन्ज।
दीपमाला ढकालले म्याराथनमा दौडिने विषयमा आयोजकहरूले चाँडै जानकारी दिने जनाएका छन्। उनले विश्व प्रसिद्ध स्ट्यान्डर्ड चार्टर्ड हङकङ म्याराथनको अनुभव पनि हासिल गरिसकेकी छन्। आयोजकहरूका अनुसार, नेपालका कुनै पनि म्याराथनमा मिस नेपाल दौडन लाग्नु सम्भवत: पहिलो पटक हो। तथापि, विद्यार्थी, युवा र समाजलाई प्रेरित गर्न मिस नेपालहरू प्रत्येक वर्ष नेपालगन्ज म्याराथनमा आमन्त्रण गरिंदै आएका छन्।
नेपालगन्ज म्याराथन र द हिडेन ट्रेजरबीच मिस नेपाल वर्ल्डलाई सद्भावना दूतको रूपमा नियुक्त गर्ने सम्झौतासमेत भएको छ। गत वर्ष मिस नेपाल वर्ल्ड २०२५ लुना लुँइटेल र मिस नेपाल वर्ल्ड २०२३ श्रृच्छा प्रधानले अनौपचारिक रूपमा पाँच किलोमिटर दौड पूरा गरेका थिए। यस वर्ष दीपमालाले परोपकारी कार्यका लागि दौडिन लागेका छन्।
स्थानीय बीपी चोकबाट सुरु हुने म्याराथनमा ४२ किलोमिटर पुरुष खुला, २१ किलोमिटर महिला खुला, १० किलोमिटर पुरुष खुला, १० किलोमिटर महिला खुला, ५ किलोमिटर पुरुष खुला, ५ किलोमिटर महिला खुला, ५ किलोमिटर स्कुल स्तरीय छात्र-छात्रा दौड, ३ किलोमिटर कर्पोरेट रन, ३ किलोमिटर किड्स रन, ३ किलोमिटर ह्वीलचेयर रन, २ किलोमिटर फेमिली रन र ३ किलोमिटर रन फर अल गरी १२ विधा समावेश गरिएको छ। नेपालगन्ज म्याराथन सन् २०१५ देखि निरन्तर सञ्चालन हुँदै आएको छ।

सम्बन्धित खबर









