गत भदौ महिनामा आएको भोटेकोशी र तल त्रिशूली नदीको विनाशकारी बाढीले धेरै ज्येष्ठ नागरिकलाई आफ्ना छोराछोरी, नातीनातिना र प्रियजनसँगै सम्पूर्ण सम्पत्ति गुमाउन बाध्य पारेको छ। हाल अस्थायी शिबिरमा आश्रय लिइरहेका यी ज्येष्ठ नागरिकहरू पूर्ण रूपमा सहाराबिहीन अवस्थामा छन्।
विपद् प्रभावित ती व्यक्तिहरूलाई कस्तो प्रकारको स्वास्थ्य तथा मानसिक हेरचाह आवश्यक हुन्छ र उनीहरूको दीर्घकालीन संरक्षण तथा सुरक्षाको निम्ति राज्यले कस्ता उपायहरू अपनाउनुपर्ने हो? यस विषयमा ‘बीबीसी हातेमालो’का लागि सागर बुढाथोकीले ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. ऊर्जा भट्टराईसँग विस्तृत कुराकानी गरेका छन्।