

भियतनाममा अक्टोबर २१ देखि २४ सम्म आयोजना हुने बिली जिन किङ कप टेनिस प्रतियोगितामा नेपालका स्वस्तिका विष्ट, सिर्जना थापा, प्राज्ञा मानन्धर र प्रकृति श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्। नेपाली टेनिस टोली अक्टोबर १९ मा भियतनामको फान थिट प्रस्थान गर्नेछ र टोलीका प्रशिक्षक सन्तोष खत्री हुन्।
२९ असोज, काठमाडौं। भियतनाममा हुने बिली जिन किङ कप टेनिस प्रतियोगितामा नेपालबाट चार खेलाडीले सहभागिता जनाउने भएका छन्। अक्टोबर २१ देखि २४ सम्म चल्ने सो प्रतियोगितामा स्वस्तिका विष्ट, सिर्जना थापा, प्राज्ञा मानन्धर र प्रकृति श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्नेछन्। प्रशिक्षकको रूपमा सन्तोष खत्री रहेका छन्।
प्रतियोगितामा सहभागी हुन चार खेलाडी सहितको पाँच सदस्यीय नेपाली टेनिस टोली अक्टोबर १९ मा फान थिट, भियतनाम प्रस्थान गर्नेछ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेपकी सदस्य मोनालिशा खम्बू लगायतले शुक्रबार बिदाई गरेका थिए।

सम्बन्धित खबर











