Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

सर्बियाली टेनिस खेलाडी मिलिसेभिचलाई म्याच फिक्सिङको आरोपमा २४ वर्षे प्रतिबन्ध

Advertisement800×200-1

सर्बियाका टेनिस खेलाडी स्टेफान मिलिसेभिचलाई म्याच फिक्सिङको आरोपमा अन्तर्राष्ट्रिय टेनिस अखण्डता प्राधिकरण (आईटीआईए)ले २४ वर्षको प्रतिबन्ध लगाएको छ। २९ वर्षका मिलिसेभिचमाथि आफूले खेलेका पाँचसहित कुल ६ खेलमा फिक्सिङ गरेको आरोप छ। सन् २०२२ देखि २०२४ सम्म थप ६ खेलमा फिक्सिङ गर्ने प्रयास गरेको आरोप पनि उनमाथि लागेको छ। आईटीआईएले अनुसन्धानमा सहयोग नगरेको र सातपटक सम्पर्क गर्न खोज्दा पनि सहभागी नभएको भन्दै मिलिसेभिचलाई ५३ हजार पाउन्ड जरिवाना समेत गरेको छ। ३० असोज, काठमाडौं।

मिलिसेभिचलाई म्याच फिक्सिङमा संलग्न भएको आरोपमा २४ वर्षे प्रतिबन्ध लगाइएको छ, जुन टेनिसमा आजीवन प्रतिबन्ध बाहेक भ्रष्टाचारविरुद्धको सबैभन्दा कडा कारबाही मानिन्छ। आईटीआईएका अनुसार, मिलिसेभिचले व्यावसायिक टेनिसको तल्लो तहमा खेल्दै भ्रष्टाचारको नेटवर्कको हिस्सा बनेर अरू व्यावसायिक खेलाडीहरूलाई पनि भर्ती गर्ने प्रयास गरेको आरोप छ।

प्रतिबन्धको अवधि लामो हुनुको मुख्य कारण अनुसन्धानमा सहयोग नगर्नु रहेको आईटीआईएले जनाएको छ। स्वतन्त्र अनुसन्धान संस्थाले सातपटक सम्पर्कको प्रयास गर्दा पनि मिलिसेभिचले अनुसन्धान प्रक्रियामा भाग लिन अस्वीकृत गरेका थिए। उनलाई ५३ हजार पाउन्ड जरिवाना समेत गरिएको छ। यो प्रतिबन्ध अक्टोबर २०५० सम्म लागु रहनेछ, जुन बेला उनी ५३ वर्षको उमेरमा हुनेछ। यस अवधिमा उनी विश्व टेनिस, महिला टेनिस संघ (डब्लूटीए), एटीपी, ग्रान्डस्लाम वा कुनै राष्ट्रिय टेनिस संघले सञ्चालन वा मान्यता दिएका प्रतियोगिताहरूमा खेल्न, प्रशिक्षकको रूपमा सहभागी हुन वा त्यहाँ उपस्थित हुन पाउने छैनन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर